मन्त्रिपरिषद् निर्णय : तेजाव र अन्य घातक रासायनिक पदार्थ नियमन विधेक संसद्मा पेश गर्ने

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ वटा निर्णय गरेको छ । बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने एक सय मिलियन अमेरिकी डलर अर्थात् झण्डै १२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको गृहमन्त्री बालकृष्ण खाँणले मंगलबार जानकारी गराउनुभयो ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले सशस्त्र प्रहरी नायव महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी, सरकारले प्रहरी नायव महानिरीक्षकहरू उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने निर्णय भएको गृहमन्त्रीले खाँणले बताउनुभयो ।

यस्तै, सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्ने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री खाँणले बताउनुभयो । यसअघि अध्यादेशको रूपमा जारी भएको उक्त विधेयक निष्क्रिय भएको थियो ।

त्यसैगरी, सरकारले रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश प्रतिस्थापन विधेयक पनि संसद्मा पेश गर्न मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको छ । सरकारले जारी गरेको अध्यादेशको आधारमा जनकपुर-जयनगर रेल सञ्चालन भइरहेको छ ।

यस्तै, गरिबी निवारण कोष सञ्चालक समितिको उपाध्यक्षको राजीनामा मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । बैठकले नेपाल वायुसेवा निगमका महाप्रवन्धक तथा सञ्चालक सदस्य डिमप्रसाद पौडेललाई पदबाट हटाउने निर्णय गरेको छ । उहाँ अब प्राधिकरणको सञ्चालक समितिबाट पनि हट्नुभएको छ । पौडेललाई तत्कालीन सरकारले २२ असोज २०७७ मा महाप्रवन्धकमा नियुक्त गरेको थियो । त्यस्तै, सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशकमा शरदविक्रम राणालाई नियुक्त गरेको छ ।

मन्त्री खाँणले फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार विकास निर्माण समितिको अध्यक्ष पदमासुवास बी. शाही र सदस्य पदमा कल्पना दियाकोटीलाई मनोनयन गर्ने, औषधि ऐन २०३५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने, मानव अंग प्रत्यारोपण विकास समिति गठन तेस्रो संशोधन आादेश २०७९ स्वीकृत गर्ने निर्णय भएको पनि बताउनुभयो । त्यस्तै, सरकारले राजपत्रांकित प्रथम श्रेणीका अधिकृत सरजुकुमार वैद्यलाई नेपाल इञ्जिनियरिङ सेवा सामूहिकीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले लोकसेवा आयोगको सिफारिसबमोजिम निजामती सेवाको नेपाल वन तथा नेपाल शिक्षा सेवाका चार जनालाई राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको पदमा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?