कन्हैया सिंहको स्वरमा ‘भन्दै होलान…’

Read Time = 2 mins

काठमाडौं । कन्हैया सिंह परियारको स्वरमा रहेको गीत ‘भन्दै होलान...’ सार्वजनिक भएको छ । सञ्चारकर्मी, एवं गीतकार सुमन बैरागी ‘पण्डित’ शब्द र सन्तोष क्षेष्ठको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

माधवराज खरेको निर्देशन रहेको गीतको भिडयोमा श्रीदेव भट्टराई, कञ्चन चालिसे, उद्धवप्रसाद भट्टराई, नम्रता खरेल पौडेल, राजु कार्की, कुमार स्याङ्वोलगायत कलाकार को अभिनय देख्न सकिन्छ ।

‘कन्हैया सिहं परियार’को युट्युब च्यानवमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा जीवन पराजुलीको छायांकन छ भने राजेश कुमारको सम्पादन र नरेश खरेलको शृंगार छ । निर्देशक खरेलको जन्मदिनको अवसर पारेर सार्वजानिक गरिएको उक्त गीत भिडियोलाई काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायांकन गरिएको छ ।

लामो समयदेखि नेपाली गीतसंगीत क्षेत्रमा सक्रिय रूपमा लागिरहनुभएका कन्यैया सिंह केही समयदेखि अमेरिकामा बसोबार गर्दै आउनुभएको छ । प्रवासमा रहेर पनि नेपाली गीत संगीत क्षेत्रमा उहाँ सक्रिय रहँदै आउनुभएको छ । उहाँ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अन्तर्गतको (इनास अमेरिका)को केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?