‘व्यवसायीलाई अप्ठ्यारो पार्ने उद्देश्य होइन’

Read Time = 3 mins

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पूर्वका उद्योगी, व्यवसायीसँग भेट गर्दै बजेटको बचाउ गर्नुभएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भएको भेटमा उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश १ का प्रतिनिधिले आर्थिक वर्ष ०७९/०८० को बजेटले वायर, घिउतेल र स्यानिटरी उद्योगमा पारेको प्रभावबारेमा अर्थमन्त्री शर्मासमक्ष गुनासो गरेपछि उहाँले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएर मुलुकभित्रै औद्योगीकरण विस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजेको भन्दै बजेटको बचाउ गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘बजेटमार्फत् हाम्रो उद्देश्य व्यवसायीलाई कतै पनि अप्ठ्यारो पार्न खोजिएको होइन, हाम्रो नीति त्यस्तो पनि छैन । सबैसँग छलफल गरेर बजेट ल्याएकाले सबै पक्षलाई समेट्ने प्रयास भएको छ ।’

आममहिला वर्गलाई राहत हुने गरी स्यानिटरी प्याड आयातमा ठूलो भन्सार छुट उपलब्ध गराएको भन्दै छुटले स्वदेशी उद्योगलाई केही समस्या देखिए समाधानका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो । कच्चा तेल आयात गरी स्वदेशमा उद्योग चलाउने र रोजगारी सिर्जना गर्नेलाई बजेटले सम्बोधन गरेको अर्थमन्त्रीको भनाइ थियो । उहाँले भन्नुभयो, ‘बजेट तपार्इंहरू (व्यवसायी) का लागि हो । देशका लागि हो, हामीले स्वदेशी उद्योगलाई राम्रो गर्ने भनेर बजेटमा विभिन्न व्यवस्था गरेको हो ।’

उद्योग संगठन मोरङका अध्यक्ष नवीन रिजालले वायर, घिउतेल तथा स्यानिटरी उद्योगमा बजेटले पारेको असरबारे ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘हामी (व्यवसायी) लाई पनि पोलिसीले साथ दिनुस् । हामीले पनि बजेट आउँदा मुक्तकण्ठले प्रशंसा गर्ने स्थिति आओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?