बृद्धलाई खुकुरी प्रहार गर्नेे चार जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

-निरोज कोइराला

भोजपुर । भोजपुरमा खुकुरी प्रहार गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले जेठ २५ गते राती जिल्लाको रामप्रसादराई गाउँपालिका-४ दलगाउँका ७८ बर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी घाइते बनाएर फरार रहेका थिए ।
उनीहरूलाई भोजपुर प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक नितेशकुमार सिंहले प्रेस विज्ञप्ती निकाल्दै घटना विवरण सार्वजनिक गर्नु भएको छ ।

पक्राउ पर्नेमा रामप्रसादराई- २, बाखोराका ४२ बर्षीय राजेन्द्र भुजेल, वडा नम्वर २, धोदलेखानीका ३२ बर्षीय देउराज राई, वडा नम्वर ४, दलगाउँका २४ बर्षीय पूर्णकुमार राई र सोही वडाका २२ बर्षीय सरोज कटुवाल रहेका छन् ।

पक्राउ परेका चारै जनालाई भोजपुर जिल्ला अदालतबाट पाँच दिन म्याद थप भई ज्यान मार्ने उद्योग कसूरअन्तर्गत अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?