काठमाडौंका हिलाम्मे सडकमा सास्ती (फोटोफिचर)

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशको संघीय राजधानी हो काठमाडौं । देशको जेठो महानगरपालिका रहेको काठमाडौं विकासका पूर्वाधारका हिसावमा देशका अन्य महानगरपालिकाहरू भन्दा अगाडी नै हुनुपर्ने हो । तर पछिल्लो समय विकासका पूर्वाधार निर्माणका हिसावले कनिष्ठ महानगरपालिकाले जित्न थालिसके काठमाडौंको अवस्था त्यही पुरानो नै छ ।

काठमाडौंको विकास पूर्वाधारका काम भने कछुवाको गतिमा अघि बढ्दैछ । एक हिसावले भन्ने हो भने काठमाडौंलाई हेरेर देशभरको मूल्यांकन गरिन्छ । राजधानी भइसकेपछि सुव्यवस्थित, सफा, हराभरा र देशको ऐनाका रुपमा काठमाडौंलाई चित्रण गर्दछन् कतिपयले । किनभने अन्य कुनैपनि देशको संघीय राजधानी उत्रँदा देशको सम्पूर्ण मूल्यांकन गर्न सकिन्छ ।तर काठमाडौंको वास्तविकता भने त्यस्तो छैन । काठमाडौं उपत्यका भित्रका सडकहरूले काठमाडौंको वास्तविकता झल्काउँछ । -

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?