पर्वतारोहण संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । नेपाल पर्वतारोहण संघको अध्यक्षमा निमानुरु शेर्पा निर्वाचित हुनुभएको छ । शेर्पा सात सय ३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले एक सय २२ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा ठाकुरराज पाण्डे चार सय २८ मतका साथ निर्वाचित हुनुभएको छ भने प्रतिस्पर्धी माया शेर्पाले चार सय २३ मत प्राप्त गर्नुभएको छ । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा, महासचिवमा मोहन लम्साल, सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित भएको संघले जनाएको छ ।

सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नाम्ग्याल जाङ्बु शेर्पा, पासाङ दावा शेर्पा र दिनेश तामाङ रहेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?