‘कोक उठाऊँ, आफूलाई जगाऊँ’

Read Time = 2 mins

काठमाडौं । ‘कोक उठाऊँ, आफूलाई जगाऊँ’ भन्ने नाराका साथ कोका-कोलाले आफ्नो ग्लोबल क्याम्पेन ‘अपलिफ्ट’ को दोस्रो संस्करण सुरु गरेको छ । कोक पिउनुहोस् र आफूलाई रिफ्रेस गराउनुहोस् भन्ने सन्देशका साथ आयोजना गरिएको क्याम्पेनको उद्देश्य उपभोक्तालाई दिउँसोको अल्छीलाग्दो समयलाई एक बोतल चिसो कोकका साथमा रमाइलो र रिफ्रेसिङ बनाउन सकिन्छ भन्ने सन्देश दिनु रहेको कम्पनीले जनाएको छ ।

कोका-कोला नेपालले नयाँ टिभिसीसमेत सार्वजनिक गरेको छ, जसमा मोडल अदिति बुढाथोकीलाई फिचर गरिएको छ । कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भन्नुभयो, ‘हामीले यो क्याम्पेनमार्फत् हाम्रा उपभोक्ता जहाँ भए पनि र जस्तोसुकै समयमा पनि कोका-कोलाको साथले उहाँहरूलाई अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भन्नुभयो, ‘एक बोतल चिसो कोकले नै कति अपलिफ्ट गराउन सक्छ भन्ने सन्देश क्याम्पेनले दिन खोजेको छ । पक्कै पनि हामी सबैजनालाई दिउँसोको समय अल्छीलाग्दो लाग्छ तर त्यो पट्यारलाग्दो समयमा एक बोतल चिसो कोकले नै हाम्रा उपभोक्तालाई स्फूर्ति प्रदान गर्नेछ भन्ने विश्वास लिएको छु ।’ कम्पनीले क्याम्पेनभर कोक पारखीका लागि थुप्रै सरप्राइज तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?