बागलुङका २९ खानेपानी योजनालाई ८ करोड बजेट

हिमालय टाइम्स
Read Time = 5 mins

-डम्मर बुढा मगर

बागलुङ । बागलुङका २९ खानेपानी योजनाका लागि आठ करोड बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७९/०८० का लागि संघ र प्रदेश सरकारबाट कार्यान्वयन हुने गरी २९ योजना छनौटमा परेर बजेट विनियोजन भएको छ । योजनामा १० लाखदेखि एक करोडसम्म बजेट विनियोजन गरिएको छ ।

जसमध्ये केही क्रमागत र केही नयाँ योजना रहेका छन् । उक्त योजनाहरु बागलुङ जिल्लाको क्षेत्र नम्बर २ अन्र्तगत छनौटमा परेका योजना हुन् । बागलुङ जिल्लाको क्षेत्र नम्बर २ का संघीय सांसद तथा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलका अनुसार संघ मार्फत कार्यान्वयनमा जाने तीन ठूला आयोजना र २६ प्रदेश मार्फत कार्यान्वयन हुँने साना खानेपानी आयोजनामा आठ करोड ८५ लाख ५० हजार बजेट विनियोजन भएको छ ।

संघीय सरकारबाट कार्यान्वयनमा जाने जलजला बृहत खानेपानी आयोजना बडिगाड गाउँपालिकालाई एक करोड, जसपुर घामपानी मसरा खानेपानी आयोजना गलकोट नगरपालिकाको लागि एक करोड र गलकोट बृहत खानेपानी आयोजनाका लागि ५५ लाख ५० हजार विनियोजन भएको संघीय सांसद देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

प्रदेश मार्फत कार्यान्वयनमा जाने बुर्तिबाङ खानेपानी आयोजनाका लागि २० लाख, ग्वालिचौर खानेपानी आयोजनाका लागि २० लाख, बडिगाड–७ गाँव छाप खानेपानी आयोजनाका लागि ३० लाख, बोंगादोभान १, २, ४, ८ खानेपानी आयोजनाका लागि ३० लाख, चौराह लिफ्ट खोनपानी आयोजना दुदिलाभाटी गलकोटका लागि ३० लाख, खुंगा ६ र ७ खानेपानी आयोजनाका लागि १० लाख, खुंखानी कुनाखिर मुहान खानेपानी आयोजनाका लागि १० लाख विनियोजन भएको छ । कतिपय नयाँ आयोजना भएपनि अधिकांश क्रमागत अन्र्तगतका आयोजनालाई निरन्तरता दिनका लागि बजेट विनियोजन गरिएको छ ।

दुदिलाभाटी खानेपानी आयोजनामा ३० लाख, दुरामारे खानेपानी आयोजनाका लागि ३० लाख, बुर्तिबाङ २, ३ पम्पिङ खानेपानी आयोजनाका लागि ३० लाख, अर्नाकोट २ र ३ खानेपानी आयोजनाका लागि १० लाख, भुल्केपानी खानेपानी आयोजनामा ५० लाख, रिघा पाण्डवखानी १ र २ खानेपानी आयोजनामा ३० लाख, ओरलधारा खानेपानी बडिगाड–९ आयोजनाका लागि ३० लाख, पुलिङ्ग दांगाचौर खानेपानी बडिगाड-९ आयोजनामा १० लाख बजेट विनियोजन भएको छ ।

यस्तै झारखोला खानेपानी खुंगा १, २ र ३ आयोजनाका लागि १० लाख, अधिकारीचौर खानेपानी आयोजनालाई ३० लाख, हरिचौर खानेपानी आयोजनामा १० लाख, ओखरबोट खानेपानी आयोजनामा २५ लाख, बोबाङ खानेपानी आयोजनामा ५० लाख, मल्म दोस्रो खानेपानी आयोजनामा ३० लाख, तमान खानेपानी आयोजनामा १० लाख, नौलिसे खानेपानी आयोजना ४ देखि ७ वडाका लागि १० लाख, बोहोरागाउँ खानेपानी आयोजनामा २० लाख, हल्पुखोला खानेपानी आयोजनामा ३० लाख र बोबाङ-९ अधिकारीचौर खानेपानी आयोजनामा ३५ लाख बजेट विनियोजन गरिएको छ । उक्त सबै आयोजनाको बजेट साउन लगत्तै कार्यान्वयनमा जाने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?