बंगलादेशमा साँझ आठ बजेपछि बजार बन्द गर्नुपर्ने

Read Time = 2 mins

ढाका । बंगलादेशमा बेलुका आठ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री शेख हसिनाले बेलुका आठ बजेपछि सबै पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गर्नु भएको हो । यो नियम देशैभरी लागू गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै आठ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गर्नुभएको हो । ऊर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राति आठ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रूपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपाय अपनाउने गरिएको छ । पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धि हुने गरेकाले त्यसको नियन्त्रणका लागि यसको प्रयोग कम गर्नुपरेको हो । बेलुका चाँडै बजार बन्द गर्दा विद्युत् तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा कम हुने अपेक्षा सरकारले गरेको छ । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?