भारतको आसाम र मेघालयमा बाढी, कम्तीमा ३२ जनाको मृत्यु

Read Time = 2 mins

नयाँदिल्ली । भारतको आसाम र मेघालयमा आएको व्यापक बाढीमा परेर कम्तीमा पनि ३२ जनाको ज्यान गएको छ । असाम र मेघालयमा शुक्रबारदेखि बाढी र पहिरोको प्रकोप बढेको बताइएको छ । भारतीय उत्तर पश्चिमी यी दुई राज्यमा वर्षा आइतबार पनि जारी रहेको बताइएको छ ।

असामको विपद् व्यवस्थापन विभागका अनुसार असाममा शुक्रबारदेखि निरन्तर वर्षा जारी रहेको पाइएको छ । असाममा मात्र बाढीमा परेर १३ जनाको ज्यान गएको बताइएको छ । यहाँका २८ जिल्लामा बाढी आएको र त्यसमा परेर कम्तीमा पनि १८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

उता मेघालयका पनि दर्जनौं जिल्लामा बाढीको प्रकोप बढेको छ । ती जिल्लामा शनिबारसम्ममा १९ जनाको ज्यान गएको बताइएको छ । यहाँको मौसम विभागले बाढीको प्रकोप रहेकाले सतर्कत अपनाउन सूचना जारी गरेको छ ।

यता बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीमा ४० लाख मानिस अलपत्र परेको बंगलादेशका अधिकारीले जनाएका छन् । बाढीका कारण राजधानी ढाकासँगै जाकिगन्ज, जैतियापुर, विश्वनाथ जिल्ला डुबानमा परेका छन् । बाढीमा फसेकाको उद्धार कार्य भने जारी छ ।

हजारौंको घरमा बाढी पस्दा करोडौंको धनमाल नष्ट भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलका अनुसार ग्लोबल वार्मिङको दर कायम रहे बंगलादेशका करिब १७ प्रतिशत मानिसलाई अर्को दशकमा अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउँछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?