‘परस्त्री’ लाई प्रदर्शन अनुमति पत्र दिन अस्वीकार

Read Time = 2 mins

काठमाडौं । चलचित्र सेन्सर बोर्डले चलचित्र ‘परस्त्री’लाई प्रदर्शन अनुमति पत्र दिन अस्वीकार गरेको छ । यही १५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रमा समावेश भएका चुम्बन, हिंसा तथा रगतका दृष्यहरूमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको फिल्मका निर्देशक सुरज पाण्डेले जानकारी दिनुभयो ।

निर्देशक पाण्डेका अनुसार सेन्सर बोर्डका सदस्यहरूले चलचित्रमा देखाइएका हिंसा, चुम्बन तथा रगतका दृश्यप्रति आपत्ति जनाएका छन् । ‘हामी सेन्सर बोर्डसँग छलफल गर्ने तयारीमा छौं, निर्देशक पाण्डे भन्नुहुनछ, ‘चलचित्रको मर्म मर्ने भएको हुँदा एडल्ट सर्टिफिकेट दिएर चलाउन दिन आग्रह गर्ने निर्णय गरेका छौं । यदि एडल्ड सर्टिफिकेट दिन अस्विकार गरियो भने आपत्ति जनाइएका दृष्यहरू हटाएर भए पनि फिल्म प्रदर्शन गर्नेछौं ।’

हिन्दी भाषामा समेत प्रदर्शन हुने यो चलचित्रमा शिल्पा मास्के, कोशिस क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारीलगायत कलाकारले अभिनय छ ।

दीपेन्द्र के खनालको लेखन रहेको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नुभएको हो । चलचित्रमा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तु समेटिएको बताइएको छ । निरज कँडेलको छायांकन रहेको यो चलचित्र नेपाली र हिन्दीमा प्रदर्शन हुँदैछ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएका चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?