काठमाडौं मलमा खुल्यो ‘हेयर वेज ब्युटी एकेडेमी’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । काठमाडौं मलको चौथो तलामा हेयर वेज ब्युटी एकेडेमी सन्चालनमा आएको छ । रीना निरौलाले सन्चालनमा ल्याएको एकेडेमीको आज गरिएको उद्घाटनमा अभिनेता प्रसान्त ताम्राकार, अभिनेत्री गौरी मल्ल, तेन्जिङ सेर्पा, पूनम गौतम तथा बिपना थापाले रिबन काट्दै निरौलालाई सफलताको कामना दिनुभएको थियो । गौरी र प्रसान्तले केक काट्दै रीनालाई 'गुड लक' भन्नुभयो ।

सञ्चालकको तर्फबाट अतिथिलाई बुके प्रदान गर्दै आफ्नो नया काममा साथ दिएकोमा रीनाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
अभिनेता ताम्राकारले निरौलालाई बधाई दिँदै उहाँको एकेडेमीले राम्रो प्रोडक्ट उत्पादन गर्नेमा आश्वस्त रहेको बताउनु भयो। त्यस्तै अभिनेत्री गौरीले रीनाको कदमले सफलता पाउने बिस्वास गर्दै बधाई तथा शुभकामना दिनुभयो ।

एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापनसँगै ट्रेनिङ समेत सन्चालन गर्ने निरौलाले बताउनु भयो। लामो समय यता सौन्दर्यको क्षेत्रमा काम गर्दै आउनु भएकी रीनाको यो नयाँ सुरुवातलाई उपस्थित अतिथीले बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
छोरीको नयाँ काममा साथ दिन आईपुग्नुभएको आमाले समेत छोरीको नयाँ कदमले खुसी लागेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?