कैलालीमा युवक द्धारा एक ट्रकमा आगजनी

हिमालय टाइम्स
Read Time = 1 min

गोविन्द बीसी/टीकापुर

पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको चिसापानीमा एक ट्रकमा आगजनी भएको छ । प्रहरीका अनुसार आइतबार राति साढे ११ बजेको समयमा लम्कीचुहा नगरपालिका–३ चिसापानीस्थित कर्णाली पुलमा ना ७ ख ६३२५ नम्बरको ट्रकमा आगजनी भएको हो ।

चालक चुरे गाउँपालिका–३ सुनारीका ३५ वर्षीय रमेश शाह आफैले पुलको बीच भागमा ट्रकलाई तेर्साएर टायरमा पेट्रोलजन्य पदार्थ प्रयोग गरि आगो लगाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगो तत्कालै नियन्त्रणमा लिइएको र टायरहरुमा क्षति पुगेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक (डीएपी) वेदप्रकाश जोशीका अनुसार चालक शाहलाई ट्रकमा आगो लगाई सोही पुलमुनी लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको बताउनुभयो । शाहलाई पक्राउ गरि आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लम्की पठाइएको उहाँले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?