धनगढीमा लागूऔषधसहित २ जना पक्राउ

Read Time = 2 mins

-गोविन्द बीसी
टीकापुर । कैलालीको धनगढीबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका २ रामजानकी टोल बस्दै आएका १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र सोही ठाँउको मिलन चोकमा ग्रिनलेण्ड प्लाजा संचालक गर्दै आएका २९ वर्षीय चक्रसिंह पार्कीलाई लागूऔषध खैरो हेरोईन सहित पक्राउ गरिएको हो ।

लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरुको साथबाट खैरो हेरोईन र नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले दिपेन्द्रबहादुर मल्लको घर कोठाबाट ५ ग्राम खैरो हेरोईनसहित नगद ४६ हजार ४५० नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ फेला पारेको जनाएको छ । त्यस्तै, चक्रसिंह पार्कीको साथबाट ४ ग्राम ३०० मिलिग्राम खैरो हेरोईन बरामद गरेको जनाएको छ ।

पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?