चार टोलीलाई स्किब्स कप

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । त्रिज्योति, वसुन्धारा नेसनल एकेडेमी (बिएनए), निम्स र महामञ्जुश्रीले छैटौँ स्किब्स कप अन्तरविद्यालय थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । त्रिज्योति सिनियर ब्वाइज, बिएनए जुनियर ब्वाइज, निम्स सिनियर गल्र्स र महामञ्जुश्री स्टार्फमा पहिलो भएका हुन् ।

वसुन्धारास्थित आयोजक स्किब्सको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा त्रिज्योतिले ग्रिनल्यान्डलाई २१–१९ ले पराजित ग¥यो । जुनियर ब्वाइजको फाइनलमा बिएनएले डिफेन्डिङ च्याम्पियन एन्जल्स हार्टलाई ५-३ ले हरायो । एन्जल्स हार्ट चारपटकको उपाधि विजेता हो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन निम्सले एनसिसिएसमाथि ९-८ को कठिन जित दर्ता गर्दै लगातार दोस्रोपटक उपाधि चुम्यो । पहिलोपटक समावेश स्टाफको फाइनलमा महामञ्जुश्रीले इन्साइट भिजनलाई २१-२० को झिनो अन्तरले पाखा लगायो । स्टाफका विजेताले १० हजार र उपाधि विजेताले पाँच हजार नगद पुरस्कार हात पारे । बाँकी स्पर्धामा नगद पुरस्कार छैन ।

सिनियर ब्वाइजमा त्रिज्योतिका अन्शुल गोपाली, जुनियर ब्वाइजमा बिएनएका सुयेश गौतम, सिनियर गल्र्समा निम्सकी टीना लिम्बू र स्टाफमा महामञ्जुश्रीका शैलेश श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो ।

विजेतालाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, प्याब्सनका केन्द्रीय भूगोल उपाध्यक्ष थकिनकुमार गुरुङ, स्किब्सका प्रिन्सिपल अरुण केसी, टोखा प्याब्सनका अध्यक्ष टंककुमार चापागाईं, बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४, जुनियर ब्वाइज र स्टाफमा आठ/आठ तथा गल्र्समा १२ गरी जम्मा ५२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?