काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा होमिनुभएका रवि लामिछाने आफू देशको जुनसुकै स्थानबाट निर्वाचनमा उम्मेदवारी दिने संकेत गर्नुभएको छ ।
‘मलाई झापा, डडेलधुरा र चितवनबाट चुनाव लड्न मन लागेको छ । हार्ने सुविधा छैन । राजनीति राजनीति जस्तै गर्नुपर्छ । सुझबुझका साथ जहाँबाट प्रतिकृया आउछ त्यहाँबाट उम्मेदवार दिन्छु’, मंगलबार राजधानीको सभागृहमा आयोजित पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भन्नुभयो ।
उहाँले अगाडि थप्नुभयाे, ‘एक जनालाई संसद् छिर्न म रोक्छु । अर्कोलाई रोक्न तपाइँ आउनुहोस् । बेतिथीको मेन स्वीच अफ गरौँ । ’ अबको निर्वाचनमा जान्नेलाई छान्ने र त्यसको सुरुवात आफूहरुले गर्ने उहाँले बताउनु भयो । यसैबीच, नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न घन्टी प्रस्ताव गर्नुभएको छ ।
‘यो सुशासनको घन्टी हो । भ्रष्टाचारका लागि जनाउ घन्टी हो । विकास र सुशासनको घन्टी हो ।’ चुनाव चिह्न प्रस्ताव गर्ने क्रममा उहाँले भन्नुभयो ।
उहाँले आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गर्नुभयो ।
लामिछानेले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गर्नुभयो । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उहाँले बताउनु भयो ।
लामिछानेले आफ्नो पार्टीको सात विशेषता सुनाउनु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच