न्यायाधीश-वकिल अडियो काण्डः साढे १ बजे बोलाइयो न्याय परिषद् बैठक

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको छ ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेको अडियो सार्वजनिक भएको हो । पोखरेलले तामाङलाई छुटाउँदा आफूहरूको भागमा दुई करोड पर्ने उल्लेख गरेका छन् । त्यसमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पनि साथ हुने भन्दै उनले प्रलोभन दिएका थिए ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यवसायी इच्छाराज तामाङबीच १० करोडको डिल भएको अडियो सार्वजनिक भएपछि न्यायपरिषद्को बैठक बस्न लागेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले परिषद्को बैठक बोलाउनु भएको हो ।

‘डेढ बजे आकस्मिक रुपमा बैठक छ भनेर हामीलाई खवर आएको हो,’ परिषदका एक सदस्यले भने, ‘एजेण्डावारे बताइएको छैन ।’ अर्का सदस्यका अनुसार, काठमाडौंका न्यायाधीश कोइराला मुछिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि आकस्मिक बैठक डाकिएको हो । पोखरेल एमालेको कानुन विभागका सदस्यसमेत हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?