टिभिएसको नयाँ अपाचे बाइक

Read Time = 2 mins

काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस अपाचे आरटिआर १६०, ४ भी आरपटिएफआई तथा बिएस-भिआईको नयाँ मोडल नेपाली बजारमा ल्याउने भएको छ । नेपालमा सार्वजनिक हुन लागेको उक्त मोटरसाइकलको बिएस-भिआई मोडलमा यस वर्गमै पहिलो र सबैभन्दा उत्कृष्ट तीन राइड मोड्स अर्थात् रेन, अर्वान-स्पोर्ट्स रहेका छन्, जसलाई चालकले सहजता र परिस्थितिका आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी मोटरसाइकलको अर्को सशक्त पक्ष भनेको रेस टन्ड फ्युल इन्जेक्सन (आरटिएसआई) टेक्नोलोजीयुक्त बिएस-भिआई कम्प्लियन्ट इन्जिन रहेको छ । कम्पनीका अनुसार अटोमोबाइल क्षेत्रमा आरटिएफआई टेक्नोलोजी निकै नै उत्कृष्ट मानिन्छ ।

आरटिएफआई टेक्नोलोजीयुक्त इन्जिनले माइलेज बढाउनुका साथै बिएस-कम्प्लियन्ट इन्जिन वातावरणमैत्री हुन्छ । त्यतिमात्र नभई मोटरसाइकलमा स्मार्ट एक्स कनेक्ट फिचर रहेको छ, जसको सहायताले मोटरसाइकलमा ब्लुटुथ कनेक्ट प्रणालीमार्फत् रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, मल्टिपल स्पट प्लटिङ, लिन एंगल मोडका साथै कल र एसएमएस एलर्टजस्ता आधुनिक सेवा जडान गरिएका हुन्छन् ।

जगदम्बा मोटर्सले नयाँ टिभिएस अपाचे आरटिआर १६० ४ भी आरटिएफआई विथ बिएस-भिआई काठमाडौंस्थित पर्पल हृयाज रक वारबाट असार ९ गते सार्वजनिक गर्ने जनाएको छ । जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टु-हिृवलर्सको एकमात्र आधिकारिक वितरक हो । नेपालभर एक सय ३२ भन्दा बढी डिलरको बलियो राष्ट्रव्यापी वितरण सञ्जालसाथ टिभिएस बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?