तिलाको नीति तथा कार्यक्रम : कृषि क्षेत्रलाई प्रथामिकतादेखि सहुलियत कर्जासम्म

Read Time = 4 mins

-विजय रावत
जुम्ला । जुम्लाको तिला गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कृषि क्षेत्रलाई प्रथामिकता देखि सहुलियतपूर्ण कर्जा व्यवस्थापन सम्म निति तथा कार्यक्रममा समेटेको छ । शुक्रबार गाउँपालिकामा आयोजना गरिएको गाउँपालिकाको निति तथा कार्यक्रममा पालिका उपाध्यक्ष गोरीकला बुढा ले तिलाको समृद्ध र सुशासन योग्य बनाउनका लागि आगामी नीति तथा कार्यक्रम पेस गरेका हुन् । वैदेशिक रोजगारवाट फर्केका युवाहरुको सिपलाई मध्यनजर गरि रोजगारी सृर्जना गर्नका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्थापन मिलाइने जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका स्तरीय कृषि तथा खाद्य सुरक्षा १० वर्ष दीर्घकालीन रणनीतिक कार्यक्रम कार्यान्वयन गरिने नीति लिइएको उपाध्यक्ष बुढाले जानकारी दिनुभयो ।

त्यस्तै मार्सि धान, सिमि,फापर, आलु स्याउ तथा ओखर उत्पादन वृद्धि गर्न पकेट क्षेत्रमा उपयुक्त प्रविधि सीप र सिंचाइ सुविधा को विकास गरिने भएको छ । गोठ सुधार कार्यक्रम संचालन र पालिका भित्र रहेका मासु पसल, औषधि पसलको अनुगमन लाई प्रभावकारी बनाइने छ । पालिकालाई कृषि तथा पशुपंक्षिजन्य उत्पादनमा आत्मनिर्भर बनाउन जोड दिइएको छ ।

त्यस्तै शिक्षामा बाल शिक्षाक सहजकर्ता तालिम संञ्चालन तथा बालविकास कक्षालाई बालमैत्री र सिकाइमैत्री बनाई बालबालिकाहरुमा सिर्जनशीलको विकास गर्न शिक्षण सामग्री अनुदान व्यवस्थापन, आधारभुत विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि एक आधारभुत विद्यालय एक पुस्तकालय कार्यक्रम संचालन गर्ने नितिको विकास , स्नातकोत्तर गरेका बेरोजगार युवालाई विकास निर्माण तथा शैक्षिक सुधारका लागि स्यंयमसेवकका रुपमा गाउँ पालिका भर परिचालन गरिने उपाध्यक्ष बुढाले बताउनुभएको ।

भौतिक पूर्वाधारमा अधुरा योजनाहरुलाई पूर्णता दिन आवश्यक बजेट विनियोजन गर्ने । जेठदेखि असार १८ गतेसम्म भुत्तानीको काम समापन गर्ने ,योजना शाखाबाट प्रवाह गरिने सेवा प्रवाहलाई सरल छिटो छरितो एंव प्रभावकारी बनाउन सरोकारवाला सबै संग सहकार्य र समन्वय गरिरे अघि बढ्ने उपाध्यक्ष बुढाले बताउनुभयो ।

साथै स्वास्थ्य खानेपानी तथा सरसफाइ, सार्वजनिक सेवा प्रवाह सुशासन तथा संस्थागत विकास, प्रभावकारी न्यायिक समिति, लैङ्गिक समानता, संस्कृति पर्यटनको विकास, वन, वातावरण तथा विपद् व्यवस्थापन, घरेलु तथा साना उद्योगको विकास, भूमि व्यवस्थापन, पारिवारिक अभिलेखिकरण, सूचना तथ संचारको पहुँच, राजश्व र वित्तीय व्यवस्थापनसम्बन्धी नीति तथा कार्यक्रम तिला गाउँपालिकाले ल्याएको छ । आगामी आब ०७९/०८० मा संचालन गरिने कार्यक्रमको लागि ५२ करोड १३ लाख ४४ हजार ३३१ संक्षेपमा प्रस्तवित वजेट उपाध्यक्ष बुढाले प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 Comment
  1. अति राम्रो छ।कार्यन्वयनमा जादा प्रभावकारिता देखाउन जरुरी छ।भने भ्रष्टाचारको शून्य सहनशीलता मा ध्यान केन्द्रीकृत गरियोस् ।शुभकामना छ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?