हर्डल्समा जयरानीको अर्को कीर्तिमान

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न चार सय मिटर हर्डल्स तर्फको प्रतिस्पर्धामा बिभागीय टोली त्रिभुवन आर्मीकी जयरानी थारुले राष्ट्रिय किर्तिमान बनाएकी छन ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा शनिबार सम्पन्न ४ सय मिटर हर्डल्समा निर्धारित दूरी १ मिनेट ०७ दशमलब २ सेकेण्डमा पार गर्दै ३५ वर्ष पुरानो राष्ट्रिय कीर्तिमान बनाएकी हुन । जयरानीले छैटौं राष्ट्रिय खेलकुदमा एपीएफकी सविता चौधरीले बनाएको १ मिनेट ०७.७ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । पहिलो दिन शुक्रबार जयरानीले एक सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् ।

यसअघि उक्त कीर्तिमान प्रमिला थारुको नाममा थियो । प्रमिलाको टाइमिङ १६.३८ सेकेन्ड थियो । शुक्रबारै आर्मीका जीवन थारुले पुरुष १ सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नाममा रहेको १५.६० सेकेन्डको कीर्तिमान सुधार गरेका थिए । यता चार सय मिटर हडल्सको पुरुषतर्फ आर्मीका रामबहादुर थारुले स्वर्ण जिते । थारुले ५५ दशमबल ९ सेकेण्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन । ५६ दशमलब ७ सकेण्डमा दूरी पार गर्दै आर्मीकै जीवन थारुले रजत जित्दा मदेस प्रदेशका मुकेह ठाकुरले ६५ दशमलब १ सेकेण्डका साथ कास्य जिते ।

शनिबारै सम्पन्न दुई सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले एपीएफकी रमिता कुमारी चौधरीलाई पछि पार्दै स्वर्ण जितिन । सरस्वतीले दूरी पार गर्न २५ दशमलब ४८ सेकेण्ड खर्चिन । यस्तै रमिताले २६ दशमलब ०२ सेकेण्ड र कास्य पदक जितेकी बागमतीकी लुजाला अमात्यले २७ दशमलब ४० सेकेण्डको समय खर्चिन । पुरुषतर्फ भने एपीएफका शिवराज पार्कीले स्वर्ण जिते ।

उनले २१ दशमलब ९२ सेकेण्डमा दूरी पार गर्दै कर्णाली प्रदेशका डिल्ली भण्डारीलाई पछि पारे । डिल्लीले २२ दशमलब ४१ सेकेण्डमामा दूरी पुरा गरे । एपीएफका आशिष चौधरीले २२ दशमलब ५० सेकेण्डमा कास्य जिते । आठ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमालले स्वर्ण जित्दा आर्मीकै सुनिल सुनारले रजत जिते । सोमले १ मिनेट ५६ दशमलब २ सेकेण्डको समय खर्चदा सुनिलले १ मिनेट ५६ दशमलब ७२ सेकेण्ड लगाए । पुलिसका तजेबहादुर कार्कीले १ मिनेट ५६ दशमलब ७९ सेकेण्डका साथ कास्य जिते । महिफातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण जितिन । उनले २ मिनेट १६ दशमलब ८ सेकेण्डका साथ स्वर्ण जितेकी हुन । कर्णाली प्रदेशकी राममाया बुढाले रजत र आर्मीकी राधिका श्रेष्ठले कास्य जितेकी छन् ।

शनिबार सम्पन्न सटपुटमा महिलातर्फ पुलिसकी चन्द्रकला लामगादेले १२ दशमलब २७ मिटर दूरी फाल्दै स्वर्ण पदक जितेकी छिन् । १० दशमलब ८८९ मिटरमा साथ लुम्बिनिकी संगिता अधिकारीले रजत र १० दशमलब १५ मिटरका साथ लुम्बिनिकै सुशिला चौधरीले कास्य जितिन । पुरुषतर्फ आर्मीका तिलक विकले १२ दशमलब २० मिटर दूरी फाल्दै स्वर्ण जित्दा गण्डकीका राजन विकले रजत र पुलिसका पुष्कल खण्डाकले कास्य जिते ।

लङजम्पमा महिलातर्फ जयरानी थारुले ५ दशमलब १३ मिटर दूरीका साथ स्वर्ण जिते । यस्तै एपीएफकी शिला चौधरीले ५ दशमलब ०३ मिटरका साथ रजत र पुलिसकी सिमा चौधरीले ४ दशमलब ७८ मिटरका साथ कास्य जिते । पुरुषतर्फ ६ दशमलब ८५ मिटरका साथ एपीएफका सलिम दिवामले स्वर्ण जिते । यस्तै आर्मीका शेरबहादुर विष्टले ६ दशमलब ७५ मिटर दुरी फाल्दै रजत जित्दा लुम्बिनिका सुदिप थारुले ६ दशमलब ६५ मिटरका साथ कास्य जिते ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?