श्रीलंकाको सुधार गृहबाट भागे ६ सयभन्दा बढी कैदी

Read Time = 1 min

कोलम्बो । श्रीलंकाको सुधार गृहबाट ६ सयभन्दा बढी कैदी भागेका छन् । दुई कैदी समूहबीच झगडा भएपछि बुधबार मध्य श्रीलंकाको पोलोनारुवास्थित सुधार गृह (पुनर्वास केन्द्र) बाट ६ सयभन्दा बढी कैदी फरार भएका हुन् ।

श्रीलंका प्रहरी प्रवक्ता निहान थल्दुवाले यसको पुष्टि गर्दै भन्नुभएको छ, ‘सैनिक र थप प्रहरी बललाई कान्दाकादु पुनर्वास केन्द्रमा खटाएर सुधार गृह क्षेत्रलाई घेरा हाली भागेका कैदीहरूको खोजी कार्य भइरहेको छ ।’ उक्त सुधार गृहमा करिब एक हजार कैदीलाई राखिएको थियो ।

सन् १९४८ मा स्वतन्त्र भएदेखि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बेला इन्धनको अभावले श्रीलंकालाई अझै पनि पिरोलेको छ । यसले गर्दा देशभरि खाद्यान्न, औषधि, खाना पकाउने ग्यास र इन्धनजस्ता अत्यावश्यक वस्तुको तीव्र अभाव भएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?