नबिल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगानाद्वारा कार्यभार शुरु

Read Time = 2 mins

काठमाडौं । नबिल बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ) को कार्यभार ज्ञानेन्द्र ढुंगानाले सम्हाल्नुभएको छ । बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुक्त गरेको थियो ।

उहाँले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो । अनिल केशरी शाहले सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।

बैंकिङ क्षेत्रको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २५ वर्षभन्दा बढी लामो अनुभव संगाल्नुभएका ढुंगानाले यसभन्दा अगाडि नेपाल बंगलादेश बैंक लिमिटेडको सिइओका रूपमा १० वर्षसम्म नेतृत्व गर्नु भएको थियो।

यसबाहेक उहाँले नेपाल क्रेडिट एन्ड कमर्स बैंकको महाप्रबन्धक तथा नेपाल राष्ट्र बैंकको निर्देशक पदमा समेत रही कार्य गर्नुभएको थियो ।

भारतबाट चार्टर्ड एकाउन्टेन्सी (सिए) र अस्ट्रेलियाबाट सर्टिफिकेट पब्लिक एकाउन्टेन्ट (सिपिए) तथा वित्तीय विश्लेषणमा स्नातकोत्तरको अध्ययन पूरा गर्नुभएका ढु्ंगाना सन् २०१३ मा नेपाल व्यवस्थापन संघद्वारा ‘म्यानेजर टुव वाच’ र सन् २०१५ मा ‘म्यानेजर अफ द इअर’ विधामा पुरस्कृत हुुनुभएको थियो।

कार्यकारी अधिकृत ढुंगाना सन् २०१८ मा नेपाल बैंकर्स एसोसिएसनको अध्यक्षमा चयन हुनुभएको थियो ।

उहाँको कुशल र सक्षम नेतृत्वमा संस्थाले थप उचाइ प्राप्त गर्ने आशा बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?