राससका अध्यक्ष झा स्वतन्त्र सेनानीबाट सम्मानित, अन्य चार पत्रकार पुरस्कृत

Read Time = 4 mins

-जितेन्द्र भण्डारी
पाँचथर । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले समाजको इच्छा, चाहाना तथा समाज परिवर्तनको निम्ति पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभएको छ ।

पाँचथरको फिदिममा शनिबार नेपाल पत्रकार महासंघ पाँचथले आयोजना गरेको सम्मान तथा पुरुस्कार अर्पण समारोहमा बोल्दै पोख्रेलले समाजको इच्छा,चाहाना र आवश्यकता बमोजिम पत्रकारहरुको कलम चल्नुपर्ने बताउनुभयो ।

संचार गृह र श्रमजिवी पत्रकार बमोजिम न्यायोचित सम्वन्ध बनाएर अघि वढ्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा यसवर्षको स्वतन्त्रता सेनानी सम्मानबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समितीका अध्यक्ष धर्मेन्द्र झा सम्मानित हुनुभएको छ ।

झालाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले नगद ३३ हजार ३ सय ३३ रुपैंया सहित कदरपत्रले सम्मान गर्नुभएको थियो ।
अभिव्यक्ति तथा वाक स्वतन्त्रताको पक्षमा योगदान पु¥याएका एक एक जना पत्रकारलाई वार्षिक रुपमा सम्मान सहित पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिँदै पाँचथर शाखाले यसवर्षको स्वतन्त्रता सेनानी सम्मान झालाई प्रदान गरेको पाँचथर शाखा अध्यक्ष गिरीराज बास्कोटाले बताउनुभयो ।

रासस कार्यकारी अध्यक्ष तथा सम्मानीत झाले रासस समाचार एजेन्सी मात्र समिति नभई पत्रकार लोक कल्याणकारी बनाउने बताउनु भयो ।
यसैविच स्वर्गीय प्रजापति जाल्पादेवी खेलकुद पत्रकारिता पुरस्कारबाट दश हजार रुपैया नगद सहित नेपाल टेलिभिजनका पाँचथर सम्बाददाता विजयवोध लावती र स्वर्गिय हरिचरण भद्रमाया पत्रकारिता पुरस्कारबाट रेडियो मितेरीका स्टेशन म्यानेजर खविन लुइटेल पुरस्कृत हुनुभएको छ ।
यस्तै उत्कृष्ट फिचर विधातर्फ कान्तिपुरका पाँचथर सम्बाददाता लक्ष्मी गौतम र उत्कृष्ट फोटो विधातर्फ राससका जिल्ला सम्वाददाता रवीन्द्र काफ्ले पुरस्कृत हुनुभएको छ ।

पत्रकार महासंघ पाँचथर शाखाले फिचर र फोटो विधामा उत्कृष्ठ पत्रकारलाई यसैवर्षबाट पुरस्कृत गर्न थालेको हो ।
उहाँहरुलाई नगद ५ हजार पुरस्कार सहित कदर पत्र मार्फत सम्मान गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राससका अध्यक्ष धर्मेन्द्र झा, जिल्ला समन्वय समिती पाँचथरका प्रमुख रामराज आङदेम्बे, नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुंगाना, प्रेस काउन्सिलका सदस्य गणेश पोख्रेल, नेपाल पत्रकार महासंघ इलाम शाखाका अध्यक्ष विप्लब भट्टराई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?