अजोड र ज्यापु समाजबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । अजोड इन्स्योरेन्सले ज्यापु समाज यलका व्यवसायीको निर्जीवन बिमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स कम्पनी र ज्यापु समाज यलबीच सम्झौता भएको छ ।

सम्झौताअनुसार अजोडले ज्यापु समाज यल र सो संस्थासँग आबद्ध उद्योगी व्यवसायी सदस्यको निर्जीवन बिमासम्बन्धी कार्य र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्नेछ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जनले हस्ताक्षर गर्नुभएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?