नेप्से परिसूचक ५७.६५ अंकले वृद्धि

Read Time = 3 mins

काठमाडौं । साताको पहिलो कारोबारको दिन आईतवार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ ।
गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आईतवारको कारोबारमा भने वृद्धि भएको हो । आईतवार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ३.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंकले बढेको छ ।

आईतवार कारोबारमा २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता शेयर २ अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ बराबरको कोराबार भएको छ । अघिल्लो कारोबारको आधारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढको छ ।

नेप्सेका १३ उपसमूहमा सबै उपसमूहको परिसूचक बढेका छन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.३० प्रतिशत बढेको छ । त्यसैगरी जलविद्युत उपसमूहको परिसूचक ५.६३ प्रतिशत बढेको छ । यता वित्त, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन, हिमालयन पावर पार्टनर, अपर तामाकोशी, सान्जेन लघुवित्त कम्पनी, नेष्डो समृद्ध लघुवित्त, सिवाईसी लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । उता ३० कम्पनीको शेयर मूल्य भने गिरावट आएको छ ।

कारोबार रकमका आधारमा २२ करोड २८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री गरेर ङादी गु्रप पावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब ९ करोडको शेयर कारोबार भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?