बारामा भारतीय नागरिकको शव फेला

Read Time = 1 min

बारा । बाराको महागढीमाई नगरपालिका वडा नं २ ईनर्वा चोकमा एक जना भारतीय नागरिको शव फेला परेको छ । स्थानीय रामजानकी मन्दिरको बराण्डामा आइतबार बिहान ती पुरूषको शव फेला परेको हो ।

मृतक पुरुष भारतको बिहार घर भई बिगत १ वर्ष देखि सो क्षेत्र आशपास माँगि हिड्ने गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ । नाम थर नखुलेका अन्दाजी ७० वर्षका ती भारतीय नागरिकको मृत्यु कारण पत्ता लागेको छैन ।

अनुसन्धान गरिरहेको प्रहरीले मृतकको शव प्रादेशिक अस्पलात कलैयामा राखिएको जनाएको छ । भारतीय नागरिको मृत्युका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?