चट्याङ लागेर तीन बाख्रा र एक भैंसी मरे, एक महिला घाइते

हिमालय टाइम्स
Read Time = 1 min

बैतडी । बैतडीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । घाइते हुनेमा जिल्लाको दोगडाकेदार गाउँपालिका-२ बडियाकी ४० वर्षीया सुनादेवी बिष्ट हुनुहुन्छ । आइतबार अपराहन्न ४ बजेतिर तिर चट्याङ् लागेर बिष्ट घाइते भएको प्रहरीले जनाएको छ ।

चट्याङ् लागेर उहाँले पालेका तीन बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता एवंम प्रहरी निरीक्षक लोकराज जोशीले बताउनुभयो ।

घाइतेको स्थानीय मेडिकलमा उपचार गरिएको छ । चट्याङका कारण घरको वाईरिङमा क्षति भएको स्थानियबासी काशि सिंह बिष्टले बताउनुभयो । चट्याङ लागेर शनिबार दोगडाकेदार ७ मा एक भैंसीसमेत मरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?