अर्थमन्त्रीका विषयमा प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्ने

Read Time = 2 mins

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माबारे प्रश्न उठेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्नीप्रसाद सापकोटासँग यसबारे छलफल गर्ने हुनुभएको छ ।

बजेट निर्माणका बेला अनाधिकृत व्यक्ति राखेर करका दर फरक पारिएको भनेर शर्मामाथि निरन्तर आलोचना भइरहेको छ । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई राति मन्त्रालय लगेर करको दायरा हेरफेर गरिएको भन्दै अर्थमन्त्री शर्माको चर्को आलोचना भइरहेको छ ।

मंगलबार बिहान बसेको नेकपा माओवादी केन्द्रको पुरानो स्थायी कमिटी बैठकमा छलफल भएको थियो । मन्त्रालयले सीसीटीभी फुटेज पनि डिलिट भएको भनेपछि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग बढ्दै गएको छ ।

हिजो संसदमा विशेष समय लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय छानबिनको माग गर्नुभएको थियो । यसैगरी सत्तारुढ दलका नेताले समेत अर्थमन्त्रीले राजीनामा दिएर छानवीनको मार्ग प्रशस्त गर्नुपर्ने बताउन थालेका छन् ।

प्रमुख प्रतिपक्षी दलका नेताले नै संसदको ध्यानाकर्षण गराएको र सरकारमा चरम दबाब बढेपछि निकासका लागि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र सभामुखसँग छलफल गर्न लाग्नुभएको हो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?