कांग्रेस पदाधिकारी बैठक: आज यी विषयमा भयो प्रारम्भिक छलफल

Read Time = 2 mins

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले निर्वाचन आयोगद्वारा प्रस्तावित निर्वाचनसम्बन्धि विधेयकको बारेमा छलफल सुरु गरेको छ ।

मंगलबार दिउँसो पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टी पदाधिकारी बैठकमा सो विधेयकको बारेमा छलफल प्रारम्भ गरिएको हो । उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थाहरुलाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको सो विधेयकको बारेमा पार्टी भित्र प्रारम्भिक छलफल सुरु गरिएको सहमहामन्त्री मीन विश्वकर्माले जानकारी दिनु भयो ।

बैठकमा पार्टीको भातृ संस्थाको विधानमा एक रुपता ल्याउने विषयमा के भईराखेको छ भन्ने विषयमा पनि छलफल गरिएको थियो । पार्टीको अव बस्ने केन्द्रित समिति बैठकमा त्यसलाई पारित गराउने गरी पदाधिकारी बैठकमा छलफल गरिएको पनि सहमहामन्त्री विश्वकर्माले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘आगामी केन्द्रिय समिति बैठकमा पेश गर्ने गरी भातृ संस्थाहरुको विधानमा एकरुपताको बारेमा के भईराखेको छ भन्ने बारेमा छलफल भयो । र, निर्वाचन आयोगले अघि सारेको निर्वाचन सम्बन्धि विधेयकको बारेमा प्रारम्भिक छलफल भयो । ’

नेपाली काँग्रेसले तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको नेतृत्वमा गठित कार्यदललाई भातृ संस्थाहरुको विधानमा एकरुपता ल्याउने जिम्मेवारी दिएको थियो ।

त्यसैलाई केन्द्रिय समितिबाट पारित गराउनुपर्ने भएकाले छलफल गरिएको सहमहामन्त्री विश्वकर्माकोे भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?