काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड, नामिबियासँग हुने त्रिकोणात्मक श्रृंखलाको तयारीका लागि क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज घरेलु टिमबिरुद्ध क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्दैछ ।
क्यानडाको किंग सिटी मेपल लीफ क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि शुरु हुनेछ । नेपालले क्यानडामा दुई खेल खेल्ने तालिका रहेको छ । त्यसअघि नेपालले पूर्व नेपाली क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा स्थानीय ओन्टारियोसँग एक एकदिवसीय र एक ट्वान्टी–२० क्रिकेट खेलेको थियो । जसमा नेपालले एक दिवसीय खेलमा नेपालले ६९ र ट्वान्टी–२० खेलमा ५५ रनको जित निकालेको थियो ।
चिरपरिचित प्रतिद्वन्द्वी क्यानडासँग यसअघि नेपालले तीन पटक खेलिसेकेको छ । तीन भेटमा नेपाल दुई खेलमा विजयी हुँदा क्यानडाले एक पटक जित हासिल गरेको छ । नेपाल र क्यानडा पहिलोपटक २०१४ मा खेलेको थिए । २०१५ को आईसीसी एकदिवसीय विश्वकप छनोट खेलमा नेपाल १२ रनले पराजित भएको थियो । आईसीसी लिग डिभिजन–२ मा नेपाल र क्यानडाको दोस्रो खेल भएको थियो । २०१५ मा नामिबियामा भएको उक्त खेलमा नेपालले ७ विकेटको सुखद् नतिजा निकालेको थियो । यस्तै क्यानडाबिरुद्धको तेस्रो तथा अन्तिम भेटमा २०१८ मा भएको थियो । आईसीसी डिभिजन–२ को खेलमा नेपाल १ रनले विजयी भएको थियो । ५१ रन जित्नका लागि आवश्यक रहेको थियो । नेपालसँग १ विकेट मात्र बाँकी रहेको अवस्थामा करण केसी र सन्दीप लामिछानेले रोमान्चक जित दिलाएका थिए । यस खेलमा करण केसीले ५ विकेटकासाथ विजयी ४२ रन बनाएका थिए ।
घरेलु टोली क्यानडासँगको दुई खेलको श्रृंखलापश्चात् नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग–२ खेल्न स्कटल्याण्ड जाने तालिका रहेको छ । नेपालले स्कटल्याण्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । स्कटल्याण्ड भ्रमणमा नेपाल जितसहित विश्वकप त्रिकेट लिग–२ अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच