श्रीलंकामा विद्यालय बन्दको घोषणा

Read Time = 4 mins

कोलम्बो । इन्धन अभावका कारण श्रीलंकामा विद्यालय बन्दको घोषणा गरिएको छ । पहिलो चरणमा यही जुलाई ४ देखि एक हप्ता बन्द गर्ने घोषणा गरिएको हो । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन भएका सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको बताएको छ ।

विद्यालयहरू बन्द गरिएपछि इन्धनको खपत कम हुने विश्वासका साथ विद्यालय बन्द गर्ने निर्णय गरिएको सरकारी अधिकारीले जनाएका छन् । ऊर्जामन्त्रीले आइतबार एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताएका थिए । देशमा आर्थिक संट थप जटिल बन्दै जाँदा सरकारले इन्धन आयात गर्न नसकेकाले सार्वजनिक यातायात ठप्प जस्तै भएको छ ।

श्रीलंका अधिकांश पेट्रोल पम्प धेरै दिनदेखि बन्द रहँदा पेट्रोल र डिजेलको खोजीमा राजधानीका धेरै स्थानमा सर्वसाधारणको लाइन निकै लामो देखिने गरेको छ ।

गत हप्ता, नगद अभावका कारण श्रीलंले पेट्रोल र डिजेल बचत गर्न आवश्यक सेवाबाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । सोमबार बैंक तथा कार्यालय पुनः खोलिँदा स्थिति खराब हुने अनुमानसहित देशभरका अधिकांश पेट्रोल पम्प आइतबारदेखि बन्द भएका छन् ।

मानिसहरूले केही गाडीसँग लिफ्ट माग्दै आफ्नो गन्तव्यमा पुग्न खोजेका दृश्य सामाजिक सञ्जालमा भाइरल बन्ने गरेका छन् । देशको दुई तिहाइभन्दा बढी व्यक्तिलाई यातायात सेवा दिइरहेका निजी स्वामित्वमा रहेको बसले इन्धन अभावका कारण नराम्ररी प्रभावित भएकाले आइतबारदेखि अत्यन्त नै न्यून रूपमा सेवा सञ्चालन गरेको बताए ।

निजी बस सञ्चालक संगठनका अध्यक्ष गेमुनु विजेराट्नेले भन्नुभयो, ‘हामीले हाम्रा सदस्यहरूको स्वामित्वमा रहेको कूल २० हजार बसमध्ये देशभरि करिब एक हजार बसहरू सञ्चालन गरिरहेका थियौं । भोलिको अवस्था पक्कै झनै बिग्रनेछ देखिएको छ, हामीसँग डिजेल पाउने कुनै उपाय छैन ।’ तत्काल कुनै समाधान नआउने देखिएकाले सोमबारदेखि सेवा थप खुम्चिँदै गएको उहाँले जानकारी गराउनुभयो ।

विदेशी मुद्राको अभावले मुलुकको सबैभन्दा खराब आर्थिक संकट व्यहोरिरहेको यस मुलुकमा अति आवश्यक सामग्रीको आयातलाई समेत धान्न नसकेपछि दुई करोड २० लाख जनताले गम्भीर कठिनाई भोग्दै आएका छन् । देशले गत वर्षको अन्त्यदेखि रेकर्ड गरिएको उच्च मुद्रास्फीति र लामो समय विद्युत् अवरोधको सामना गरिरहेको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?