चरेससहित बैतडीबाट दुई भारतीय नागरिक पक्राउ

Read Time = 1 min

बैतडी । बैतडीबाट लागूऔषध चरेससहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको बिहारस्थित पश्चिम चम्पारणका २३ वर्षीय ताहिर आलम र २४ वर्षीय लालेश्वर चौधरीलाई लागूऔषध चरेसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

मंगलबार राति ९ बजे गोठालापानी बजारबाट खटिएको प्रहरी टोलीले गोठालापानी शाहिलेक पक्की सडकखण्डको छेउबाट उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट पाँच सय मिलिग्राम चरेस फेला पारेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकालाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?