जुम्लामा चट्याङ लागेर एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

जुम्ला । जुम्लामा चट्याङ लागेर एक युवाको मृत्यु भएको छ । तिला गाउँपालिका-९ निवासी प्रेम बुढाको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार तिला गाउँपालिकाको रारालिहीबाट ४ घण्टा पैदल यात्रा गरेर पुगिने उक्त स्थानमा घटना भएको हो ।

मालापानी घरबाट टाढा दुई किमी सिमी गोड्न गएका १८ बर्षका बुढाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पानी परेपछि उनी रुखको मुनि ओत लाग्न बसेका थिए । सोही स्थानमा चट्याङ परेको थियो । उक्त घटनापछि मध्यरात नै प्रहरी घटनास्थलमा पुगेको थियो ।

स्थानीयका अनुसार बुढाले बोकेको मोवाईलमा समेत क्षेति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?