काठमाडौं । करेन्ट लागेर मकवानपुर र कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको बाकैया गाउँपालिका-६ गबर स्थान बस्ने ३४ वर्षीय बुद्धिलाल बलको करेन्ट लागेर बुधबार मृत्यु भएको हो ।
आफ्नै बारीमा रोपाई गर्नको लागि घर नजिकैको पोखरीबाट मोटर जडान गरी पानी तान्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी कपिलवस्तुको महाराजगन्ज नगरपालिका-३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेलीको करेन्ट लागेर बुधबार मृत्यु भएको छ ।
महाराजगन्ज नगरपालिका-१० हर्दौनास्थित घरको छत ढलान गर्ने क्रममा करेन्ट लागेर अशक्त भएका उनको स्थानीय अमित वली पोलिक्लिनिक हुँदै जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच