परराष्ट्र मन्त्रीद्धारा त्रियुगा नदीको भाँचिएको पुलको अवलोकन

हिमालय टाइम्स
Read Time = 2 mins

उदयपुर । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका-५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गर्नुभएको छ ।

निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घाटन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्ल्याब झरेको थियो ।

करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमणले जनतामा आशा पलाएको छ ।

मन्त्री खड्कासँगै अबलोकनमा आएका पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिएको कारणबारे अध्ययन भइरहेकाले ढिलाई भएको जानकारी दिनुभयो ।

विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट-दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक इन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरिराखेकाले ढिलाई हुन पुगेको बताउनुभयो ।

शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?