निवर्तमान अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठिन समितिको संयोजक तोकिँदै

Read Time = 2 mins

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अर्थमन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आारोपमाथि छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको बैठक सुरु भएको छ ।

गत साता प्रतिनिधिसभा बैठकमार्फत गठन भएको उक्त संसदीय विशेष छानबिन समितिको बैठकले सभापति चयन गर्ने कार्यतालिका रहेको सांसद सरला यादवले जानकारी दिनुभयो ।

बजेट निमार्णको क्रममा अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दायर हेरफेर गरेको भन्दै संसदमा आवाज उठेपछि शर्माले गत २२ असारमा राजीनमा दिनुभएको थियो । उक्त विषयमा छानबिन गर्नका लागि प्रतिनिधिसभा बैठकले ११ सदस्सीय छानबिन समिति बनाएर काम थालेको १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनअनुसार समिति गठन भएको झन्डै एक सातापछि समितिको बैठक बस्न लागेको हो । गत २२ असारमा गठन भएको उक्त समितिमा ११ सदस्सीय रहेका छन् । जसअनुसार खगराज अधिकारी, देव गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, पुष्पा भुसाल, बिमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्र यादव हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?