एकै दिन २०६ जनामा कोरोना संक्रमण

Read Time = 1 min

काठमाडौं । पछिल्लो केही दिन यता देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएको छ । यसैक्रममा आज एकै दिन कोरोना संक्रमितको संख्या २०० नाघेको छ ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या २०६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?