सिटी एक्सप्रेस १६ औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर असार २७ गते १५औँ वर्ष पार गरी १६औँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले समृद्धिको उत्सव भन्ने नारासाथ १६औँ वार्षिकोत्सवकोे अवसरमा १६ वर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई सहजता प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।

कम्पनीले रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउदै ‘जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस’ भन्ने आफ्नो नारालाई आत्मसात गर्दै विगत १५ वर्षदेखि संसारभरबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

आन्तरिक रेमिट्यान्सअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत् छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?