महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता

हिमालय टाइम्स
Read Time = 1 min

कञ्चनपुर । भारतको उत्तराखण्ड राज्यको तपोवन, धारचुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिने भएपछि कञ्चनपुरमा महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । सिल्ट फ्लसिङको कार्यका लागि बाँधका ढोका खोलिन लागेका हुन् ।

बाँधको ढोका खोलिने भएकाले महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउनका लागि आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।

भारतको एनएचपिसी लिमिटेडले आज बिहान ५ देखि साँझ ८ बजेसम्मका लागि बाँधका ढोका खोलिन लागेको जनाएको छ । जोखियुक्त क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउने कार्यसँगै नदीको जलस्तरबारे निगरानी राख्ने कार्यसमेत भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?