सुस्ताउँदै विकासको गति: असारमा मात्रै ४० प्रतिशत बजेट खर्च

Read Time = 6 mins

-विवेक खड्का
दाङ । आर्थिक वर्षको अन्तिममा सरकारी बजेट बढी खर्च हुने परम्परालाई दाङले पनि कायमै राखेको छ । प्रदेश सरकार मातहतका दाङमा भएका कार्यालयले चालु आवको असार महिनामा मात्रै विकास बजेटको ४० प्रतिशत हिस्सा खर्च गरेका छन् ।

जिल्लाका सरकारी कार्यालयहरूको कुल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजा रहेकोमा असारमै ९२ करोड १९ २५ हजार ८ सय ११.८९ लाख खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङको तथ्यांक छ । वर्षभरिमा भने कुल बजेटमध्ये ३ अर्ब ८७ करोड ५ लाख ५ हजार ८ सय ५९.८७ रूपैयाँ खर्च गरेका छन् ।

यो तथ्यांकले केन्द्रमा जस्तै प्रदेशमा पनि असार लागेपछि मात्र हतार–हतारमा विकास निर्माणमा बजेट खर्च हुने प्रवृत्ति देखिएको छ । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन् ।

चालुतर्फको बजेट १ करोड ४८ लाख २४ हजारमध्ये असारमा १६ लाख ५० हजार ६ सय ७६.२९ र वर्षभरि १८ लाख ९२ हजार ३ सय ३५.६९ रूपैयाँ खर्च गरेको तथ्यांक छ । पुँजीगत–तर्फको बजेट ९३ लाख १० हजारमध्ये असारमा हजार ८२ हजार २ सय १०.५० र वर्षभरी १ करोड ११ लाख ७४ हजार ३ सय ४६.१९ रूपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्षमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले कम खर्च गरेको छ । चालुतर्फको बजेट २० करोड ५५ लाख ९७ हजारमध्ये असारमा ४ करोड ७४ लाख ९४ हजार ३ सय ४८.२९ र वर्षभरि ९ करोड ४२ लाख ३३ हजार ९ सय ८६.०२ रूपैयाँ खर्च गरेको तथ्यांक छ । पुँजीगततर्फको बजेट २९ करोड ८५ लाखमध्ये असारमा १ करोड ७२ लाख ३९ हजार ३ सय १२.७३ र वर्षभरी १ करोड ८५ लाख ९८ हजार ४ सय १२.७३ रूपैयाँ खर्च गरेको छ ।

सरकारी कार्यालयको असारे विकास प्रभावकारी नहुनुका साथै गुणस्तर पनि नहुने गरेको सरोकारवाला बताउँछन् । ‘वर्षभरि मजाले बस्ने अनि जब असार लाग्यो, तब विकासे काममा तात्तिनुको कुनै अर्थ छैन,’ स्थानीय अगुवा घोराही–१७ का दिपक चौधरीले भन्नुभयो, ‘यो विकृतिलाई जरैबाट उखेलेर फाल्न जरूरी छ ।’

६३ प्रतिशत मात्रै पुँजीगत खर्च

जिल्लामा प्रदेश सरकारको करिव ६३ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पँुजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार बजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रूपैयाँँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सूचना अधिकारी उदयराज भण्डारीले जानकारी दिनुभयो ।

चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रूपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रूपैयाँ खर्च भएको छ ।

असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रूपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकारअन्तर्गत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताउनुभयो ।

३८ प्रतिशत बजेट खर्च भएन

आव २०७८/७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन् । कुल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रूपैयाँ बजेटमध्ये १ अर्ब ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रूपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ ।

स्थानीय निर्वाचन, सार्वजनिक खरिद नियमावली ११औं संशोधन, निर्माण सामग्रीको मूल्यवृद्धिलगायतका कारण विनियोजित बजेट लक्ष्यअनुरूप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताउनुभयो । बजेटको आकारका हिसाव विनियोजित बजेट सतप्रतिसत प्रतिशत खर्च हुनुपर्ने हो । तर लक्ष्यअनुरूप खर्च नहुँदा विकाससमेत प्रभावित भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?