इको प्यानलले साइक्लिङ च्यालेन्जलाई सहयोग गर्दै

Read Time = 3 mins

काठमाडौं । वातावरणमैत्री निर्माण सामग्रीमा जोड दिँदै आएको नेपाल इको प्यानलले साइक्लिङ च्यालेन्जलाई सहयोग गर्दै आएको छ । सोहीअन्तर्गत शनिबार भक्तपुरमा हुने कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज २०२२ मा सहयोग गर्ने भएको छ । साइक्लिङ च्यालेन्ज बिहान भक्तपुरको दरबार स्क्वायरबाट सुरु हुने कम्पनीले जनाएको छ ।

नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले स्वच्छ वातावरणका लागि साइकल अभियान अघि बढेकाले सहयोग गरिएको बताउनुभयो । साइकल संस्कृतिले एकातिर वातावरण प्रदूषण हुनबाट जोगिने र अर्काेतिर धेरै हिसाबले फाइदा पुग्ने भएकाले साइकल संस्कृतिलाई जोड दिनुपर्ने उहाँको भनाइ छ । साइकल कनेक्ट भक्तपुरले साइक्लिङ च्यालेन्जबारे जानकारी दिन शुक्रबार आयोजना गरेको सम्मेलनमा इन्जिनियर दुवालले काठमाडौं उपत्यकामा साइकल लेन बनाउनुपर्नेमा जोड दिँदै साइकल संस्कृतिलाई अघि बढाउनुपर्ने बताउनुभयो ।

शनिबारको साइकल च्यालेन्ज दरबार स्क्वायरबाट सुरु भएर सिद्धपोखरी, निकोसेरा, बहाखा बजार, बोडे, निलबाराही, बेसीगाउँ, दुवाकोट, चाँगुनारायण, त्रिशुलडाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भंगाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, बालकोट, लोकन्थली, कौशलटार, सानोठिमी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा समापन हुने कार्यक्रम तय गरिएको छ ।

प्रतियोगिताअन्तर्गत ५०, ७५ र १ सय किलोमिटरका तीनवटा रूट तयार गरिएको छ । भक्तपुरलाई साइक्लिङ गन्तव्य बनाउने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । कार्यक्रमबाट छ लाख रुपैयाँं सहयोग संकलन गर्ने लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?