रामेछापमा एक वर्षमा ४३ वटा आत्महत्या, २९ यौन दुर्व्यवहारका घटना

हिमालय टाइम्स
Read Time = 1 min

रामेछाप । रामेछाप जिल्लामा एक वर्षमा ४३ वटा आत्महत्याका घटना भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार ०७७/०७८ मा १४ जनाले विष सेवन तथा २९ जनाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार आत्महत्या गरेर ज्यान गुमाउनेमध्ये धेरैजसोको अहिले पनि कारण खुल्न सकेको छैन ।

गत वर्ष विभिन्न प्रकृतिका १ सय ८८ वटा मुद्दा दर्ता भएको र त्यसमध्ये ८९ वटा मुद्दाको फैसला भएको छ । ९९ वटा मुद्दा फैसला हुन बाँकी रहेको छ ।

रामेछापका ८ वटा स्थानीय तहमा २६ वटा यौनजन्य अपराधका घटना प्रहरीमा उजुरी दर्ता भए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?