स्वदेश फर्कियो एनआरटीको टोली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । ‘ए’ डिभिजन क्लब न्युरोड टिम (एनआरटी) प्रि-सिजन टुर सकेर स्वदेश फर्किएको छ । प्रि-सिजनका लागि मलेसिया र थाइल्यान्ड गएको एनआरटीको टोली स्वदेश फर्किएको हो । एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टिवाइटी) कप फुटबल प्रतियोगिता खेलेको थियो ।

उक्त प्रतियोगिताको दुवै खेलमा एनआरटीले हार बेहोरेको थियो । यस्तै थाइल्यान्डमा तीन मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा एनआरटीले तेस्रो डिभिजनको क्लब थोनबुरी युनाइटेडलाई २–१ गोल अन्तरले हराएको थियो । एनआरटीले शीर्ष डिभिजनको क्लब चोनबुरी एफसी र तेस्रो डिभिजनको कासेम बन्डित युनिभर्सिटी एफसीसँग भने हार बेहोरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?