कास्कीमा १३ वर्षीया बालिका बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । कास्कीमा एक जना १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

ती बालिकालाई बलात्कार गरेको आरोपमा पोखरा महानगरपालिका-१३ बस्ने पर्वत कुश्मा नगरपालिका-६ घर भएका २४ वर्षीय खिम बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती बालिकालाई ललाई फकाई शुक्रबार राति सोही महानगरपालिका-५ लब्लीडाँडामा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?