नेपालमा ‘संवर्द्धनवादी’ वैचारिक धार कमजोर हुँदै गयो : कमल थापा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालको राजनीतिमा अहिले सम्वर्द्धनवादी धार केही कमजोर देखिएको टिप्पणी गर्नुभएको छ ।

मंगलबार बिहान ट्वीट गर्दै उहाँले धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिएको बताउनुभएको हो ।

‘नेपालको राजनीतिमा अहिले ‘सम्वर्द्धनवादी’ अर्थात धर्म संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्रनिर्माण गर्नुपर्छ भन्ने वैचारिक धार केही कमजोर देखिन्छ, उहाँले लेख्नुभएको छ, ‘तर,अन्ततः यही विचार नै राष्ट्रको मुलधार बन्नेछ ।’ ‘गर्व लाग्छ, राप्रपा नेपाल ‘सम्वर्द्धनवादी’ धारलाई प्रतिनिधित्व गर्ने एकमात्र दल हो’ उहाँले भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?