हुन्डाइको वल्र्डकप लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’

Read Time = 2 mins

काठमाडौं । फुटबल विश्वकप-२०२२ लाई लक्षित गर्दै हुन्डाइले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले हुन्डाइको नेपालभर रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन् । मंगलबारदेखि सुरु भएको अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाइ सोरुममा रजिस्टर गरी सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अफरको अन्त्यमा लक्की ड्रमार्फत् दुई भाग्यशाली विजेताको छनोट गरिनेछ । प्रत्येक विजेताले उपहारस्वरूप आफूलाई मनपर्ने एकजना अर्को व्यक्तिसँग कतार गई विश्वकप लाइभ हेर्न पाउनेछन् । कुल चारजना हुन्डाइको स्पोन्सरमा कतार जान पाउने कम्पनीले जनाएको छ ।

हुन्डाइ मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत् ल्याइएको अफर नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले संयोजन गरेको छ । अफरमार्फत् ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनका लागि हुन्डाइले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य लिएको छ । हुन्डाइका उत्कृष्ट उत्पादन र सेवासम्बन्धी जानकारी लिँदै कतार वल्र्डकप लाइभ हेर्नका लागि नजिकैको हुन्डाइ सोरुममा गई टेस्ट-ड्राइभ गर्न सक्न सकिने पनि कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?