मधेशका नदी र चुरे दोहनले नागरिक अधिकार हनन् : पूर्वमन्त्री पोखरेल

Read Time = 2 mins

महोत्तरी । पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताउनु भएको छ ।

महोत्तरीका संघीय संसद समेत रहनुभएको पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेशको जीवन संकट बन्दै गएकोप्रति चिन्ता व्यक्त पनि गर्नुभयो ।
चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उहाँको भनाइ छ । संसदमा ध्यानाकर्षण गराउदै नेता पोखरेलले भन्नुभयो, 'नदीनाला उतखनन् र दोहनलाई हरहालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहदैन । मधेशमा पिउने पानी पाइदैन । ठुला हिमताल फुट्न सक्छन् ।'

चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रुपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराउनु भयो ।

नेता पोखरेलले क्रसरमाफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराउनु भयो । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलिप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा सग्लन गिरोहको भित्रिरुप उजागार भएको बताउनु भयो । क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिनुभयो ।

महोत्तरीमात्र अहिले ३० भन्दा बढी क्रसर उधोग छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?