डेढ घण्टा प्रचण्ड र नारायणकाजीबीच के भयो छलफल ?

Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवासमा दुई नेताबीच कुराकानी भएको हो । अध्यक्षसँगको कुराकानीका लागि नारायणकाजी अपराह्न खुमलटार पुग्नुभएको थियो । दुई नेताबीच डेढ घण्टा कुराकानी भएको स्रोतको भनाइ छ ।

भेटमा प्रचण्डको भारत भ्रमण र समाजवादी केन्द्र निर्माण तथा वाम एकताका विषयमा छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?