विवेक खड्का/हिटा
दाङ । राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट-तुलसीपुर सडकखण्ड पहिरोको उच्च जोखिममा छ । लामो समयदेखि मर्मत सम्भार नहुँदा जीर्ण अवस् थामा पुगेको सडकको स्तरोन्नतिको नाममा सडकमाथिको भाग कटिङ गर्दा पहिरोको जोखिम बढेको छ । यो सडक चौडा बनाउने, नाली निर्माण तथा सडकछेउमा पर्खाल निर्माणको लागि निर्माण कम्पनीलाई कामको जिम्मा दिइएको थियो तर सडक स् तरोन्नतिको काम समयमै सम्पन्न नहुँदा पहिरोको जोखिम बढेको छ ।
कपुरकोटदेखि दाङको सिमाना चोरखोलासम्म चार किमि सडक अति जोखिम क्षेत्रमा परिणत भएको छ । चोरखोला, गोठेरी डाँडा, बसवारीलगायत क्षेत्रमा सधैँजसो पहिरो खस् दा यात्रा जोखिमपूर्ण बनेको हो । हिउँदमा धुलोका कारण सास् ती पाएका नागरिकले अहिले पहिरो र हिलोका कारण सास्ती पाउन थालेका छन् । सुक्खा पहिरोको जोखिममा रहेको यस सडकखण्डमा अहिले दिनहुँ जस्तो पहिरो झर्ने गरेको छ । सानो पानी पर्दासमेत सडकमाथिबाट ढुंगा र लेदोसहितको पहिरो झर्दा घण्टौँसम्म सडक अवरुद्ध हुने गरेको छ । वर्षातका कारण सोमबार बेलुकादेखि अवरुद्ध सडक मंगलबार दिउँसो झण्डै २० घण्टापछि मात्रै सुरु भयो ।
कपुरकोट–तुलसीपुर सडकखण्डको कपुरकोट गाउँपालिका-३ चोरखोला आसपासमा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । स्काभेटरको प्रयोग गरी सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि अवरुद्ध राप्ती राजमार्ग खुलेको हो । वर्षातका कारण निरन्तर ढुंगा र लेदोसहितको माटो खसिरहेको र पन्छाउन कठिन भएकाले घण्टौँसम्म सडक अवरुद्ध भएको थियो । चोरखोलानजिकै कम्तीमा चार ठाउँमा ठूला पहिरो खसेको थियो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका झरेको पहिरो राति अबेर हटाइएको भए पनि फेरि पहिरो झरेको र मंगलबार दिउँसो मात्रै सडक खुलेको हो । वर्षातको समयमा यस सडकखण्ड भएर यात्रा गर्न जोखिम भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । स् थानीय विष्णु गौतमले वातावरणीय प्रभाव मूल्यांकनबिना नै हचुवाको भरमा सडक स् तरोन्नति गरिँदा पहिरो झर्न थालेको बताउनुभयो । ‘सडक स्तरोन्नतिको काम समयमै सम्पन्न गर्नुपथ्र्यो तर बर्खा लाग्दासमेत डोजरले सडक खन्ने काम भयो’- गौतमले भन्नुभयो, ‘पानी पर्दाबित्तिकै पहिरो झर्न सुरु भइहाल्छ, यसले नागरिकलाई ठूलो सास् ती भएको छ ।’
स्थानीय गणेश चन्दले सडक निर्माणको क्रममा भएको लापरबाहीले नागरिकले बर्सेनि सास्ती भोग्दै आएको र यसवर्ष थप जोखिम भएको बताउनुभयो । ‘सडक स्तरोन्नतिको वहानामा सडकमाथिको जमिन खन्ने काम भएको छ, यसले पहिरोको जोखिम बढायो’, चन्दले भन्नुभयो, ‘सडकको दुरावस् थाकै कारण गन्तव्यमा पुग्न नागरिकले घण्टौँसम्म सास्ती भोग्दै आएका छन् ।’ सडक डिभिजन कार्यालय दाङले भने ठेक्का लगाइएको कपुरकोट–चोरखोला सडक खण्डको दुई खण्डमध्ये एक खण्डको काम अझै बाँकी रहेको जनाएको छ । कार्यालयका सूचना अधिकारी रिकेश महर्जनले चोरखोला क्षेत्रको सडक स्तरोन्नतिको काम निर्माण कम्पनीले समयमै सम्पन्न गर्न नसकेपछि असोज मसान्तसम्मको समय थप गरिएको बताउनुभयो ।
‘कपुरकोट-चोरखोला सडकको दुई खण्डमध्ये करिब दुई करोड ७२ लाख सम्झौताको एक खण्डको काम सकिएको छ बाँकी करिब दुई करोड ७० लाखको अर्को खण्डको स्तरोन्नतिको काम जारी छ । गएको चैतमै काम सम्पन्न गर्नुपर्ने हो तर निर्माण कम्पनीको ढिलाइले काम सकिएको छैन । अहिले फेरि असोजसम्म म्याद थपिएको छ, यसमा पनि करिब एक करोडको काम गर्न बाँकी नै छ’, महर्जनले भन्नुभयो, ‘अब सडकको माथिल्लो भाग काट्ने काम हुँदैन, नाली, ह्युम पाइप र वालको काम हुन्छ ।’ यस सडकको श्याम/शंकर एण्ड एञ्जिला/आकांक्षा जेभीले स् तरोन्नति गर्ने जिम्मेवारी लिएको छ ।
यसैबीच राप्ती राजमार्गअन्तर्गत पर्ने यस सडकको स्तरोन्नतिको लागि भन्दै संघीय सरकारले बजेट विनियोजन गरेको छ । दाङको अमेलियादेखि रुकुम पश्चिम सडक खण्डसहितका चारवटा सडकको स्तरोन्नतिका लागि संघीय सरकारले तीन अर्ब १२ करोड रुपैयाँ विनियोजन गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच