सागरको निर्माणमा ‘नुल’

Read Time = 1 min

काठमाडौं । साहिल फिल्मस्को व्यानरमा चलचित्र ‘नुल’ बन्ने भएको छ । मार्कण्डे दीपविम बस्नेतको निर्देशन रहने चलचित्रमा सागर पुजारा सह-निर्माता हुनुहुनछ । उहाँका अनुसार चलचित्र छिट्टै फ्लोरमा जाँदैछ । उहाँले स्क्रिप्टको काम सकिएकाले कलाकार छनोटसँगै चलचित्रको छायांकन सुरु गरिने बताउनुभयो । ‘फिल्म ग्रामीण परिवेशको कथामा बन्नेछ’, उहाँले सुनाउनुभयो ।

कञ्चनपुरको पुनर्वास नगरपालिका-५ मा जन्मिनुभएका पुजाराले आफूले निर्माण गर्न लागेको अर्को नयाँ चलचित्रमा अभिनेता राजेश हमाललाई अनुबन्धित गर्न कुराकानी भइरहेको बताउनुभयो । उहाँले सानैदेखि आफू राजेश हमालको फ्यान भएकाले उहाँलाई चलचित्रमा लिन इच्छुक रहेको सुनाउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?